News

Aug 4, 2011

प्रधानमन्त्रीद्वारा २८ गतेभित्र राजीनामा दिने मन्त्रिपरिषदमै घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण १९ - प्रधानमन्त्री झलनाथ खनालले साउन २८ गतेभित्र शान्ति र संविधान निर्माणमा ठोस प्रगति नभए राजीनामा दिने घोषणा दोहोर्‍याएका छन् । सिंहदरवारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री खनालले आफ्नो दिनगन्ती सुरु भएको जानकारी गराएको प्रवक्ता गंगालाल तुलाधारले जानकारी दिए । तुलाधारका अनुसार प्रधानमन्त्री खनालले अहिले आफू दलहरुबीचको सहमतिका लागि क्रियाशील रहेकोसमेत उल्लेख गरेका छन् । 'बाँकी ९ दिनमा कुनै ठोस प्रगति र सहमति नभए तत्काल राजीनामा दिन्छु,' प्रधानमन्त्रीको भनाइ उद्यृत गर्दै प्रवक्ता तुलाधारले जानकारी दिए । माओवादी सिफारिसमा नियुक्त नयाँ मन्त्रीहरुले शपथ लिएपछि पहिलोपटक बसेको बैठकमा प्रधानमन्त्री खनालले जति दिन पदमा रहे पनि शान्ति र संविधानका लागि काम गर्न निर्देशन दिएका छन् ।

No comments: