लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण १६ - नेपालसँग कुटनीतिक सम्झौता भएको ३५ बर्षपछि ल्याटिन अमेरिकी मुलुक ब्राजिलले काठमाडौंमा आफ्नो दुतावास खोल्ने भएको छ । आवासीय राजदूतको जिम्मेवारी लिएर ब्राजिलियन कुटनीतिक अधिकारी एक महिनामा काठमाडौं आउने भएका छन् । 'डेढ बर्षअघि नेपालले ब्राजिलको ब्रासिलियामा दुतावास खोल्नासाथ यहाँको मन्त्रीपरिषदले पारस्परिक सहयोग-सम्बन्ध आधारमा काठमाडौंमा आफ्नो दुतावास खोल्ने निर्णय गरेको थियो,' ब्रासिलियास्थित राजदूत प्रद्युम्नबिक्रम शाहले भने । अहिलेसम्म ब्राजिलको काठमाडौंमा कन्सुलेट कार्यालय मात्रै रहेको छ । ब्राजिलमा रहेको नेपाली दुतावास उदघाटन गर्ने तथा ब्राजिल सरकारसँग विभिन्न तीन सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्री उपेन्द्र यादव सोमबार ब्रासिलिया पुगेका छन् । समकक्षी मन्त्री एन्टिनियो पाट्रियोटियाको निम्तोमा ब्राजिल पुगेका मन्त्री यादवले दुई सरकारबीच प्राविधिक सहयोग आदानप्रदान तथा द्वैदेशीय परामर्श संयन्त्र स्थापना गर्नेबारेको सम्झौतामा हस्ताक्षर गर्दैछन् ।
No comments:
Post a Comment