News

Aug 1, 2011

१५ दिनका लागि भट्ट विज्ञान मन्त्री शपथ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीले वाणिज्य तथा आपूर्ति मन्त्रीमा सिफारिस गरेका लेखराज भट्टले विज्ञान तथा प्रविधि मन्त्रीकारुपमा शपथ लिने भएका छन् । बाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि मधेसी जनअधिकार फोरमले एक नेतालाई सिफारिस गरेपछि भट्टले विज्ञान मन्त्रीमा शपथ लिने भएका हुन् । आफूलाई सिफारिस गरिएकै मन्त्रालयमा शपथ नगराए पद अस्वीकार गर्ने चेतावनी दिएका भट्टलाई अध्यक्ष पुष्पकमल दाहालले १५ दिनका लागि विज्ञान मन्त्रालयको जिम्मेवारी हेर्न भनेका छन् । फोरम अध्यक्ष एवं उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवसँग टेलिफोन सम्पर्क गरी दाहालले आपूर्ति मन्त्रालयको दाबी छाड्न आग्रह गरेका थिए । जवाफमा यादवले उक्त मन्त्रालय पनि नपाए 'फेरि पनि पार्टी फुट्नेभो' भनेपछि दाहालले १५ दिनका लागि विज्ञान मन्त्री र पछि पुनः आपूर्ति मन्त्रालय नै पाउनेगरी शपथ लिन निर्देशन दिएका छन् । भट्टले आफू (पोलिट्ब्युरो सदस्य) भन्दा कनिष्ट (केन्द्रीय सदस्य)लाई राम्रा मन्त्रालय दिएकाले विज्ञान मन्त्रालयमा शपथ नलिने अडान राखेका थिए । मन्त्रालय बाँडफाटमा वाणिज्य तथा आपूर्ति मन्त्रालय फोरमको भागमा थियो । मन्त्रालयको जिम्मेवारी पनि अहिले उपप्रधान एवं परराष्ट्रमन्त्री उपेन्द्र यादवले सम्हालेका छन् । माओवादी पोलिट्ब्युरो सदस्य भट्ट कैलाली क्षेत्र नम्वर ५ बाट निर्वाचित हुन् । उनले यसअघि श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

No comments: