News

Aug 3, 2011

लिरामोको विस्तारित वैठक सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३१ जुलाई २०११ कोदिनलिम्वुवान राष्ट्रिय मोर्चाको प्रथम विस्तारित वैठक सम्पन्न भएको छ । वैठक २ चरणमा सञ्चालित थियो । दुवै चरणको अध्यक्षताअध्यक्षदिलपालुङवालिम्वुले र सञ्चालन सचिव सुरेश सुव्वाले गर्नु भएकोथियो । कार्यक्रममा प्रमुख अथिती कियाचु हङकङको सचिव नन्द चङसु रहनुभएको थियो र उहांवाटै कार्यक्रमको उद्घाटन गरिएको थियो । अन्य अतिथीहरुमा लिम्वुवान राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रको प्रतिनिधित्व गर्दै जे.वी. ओख्रावु, संघीय लिम्वुवान राज्य परिषदको प्रतिनिधी विष्णु र्इङनाम, वुद्धिजिवीहरु टंक चोङवाङ र जोर्डन क्षेत्रका डिस्ट्रिक्ट काउञ्सीलको आगामी चुनावका नेपाली उमेरव्दार मे.शरण कुमार पालुङवा लिम्वु रहनुभएको थियो । प्रमुख अतिथी लगायत अतिथीहरुवाट कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरिएको थियो । पहिलो चरणको कार्यक्रम पश्चात जलपान कार्यक्रमभएको थियो भने लगत्तै दोस्रो चरणको कार्यक्रम सञ्चालन भएको थियो । यस चरणमा महासचिव अविचन्द्र र्इङनामवाट विधानमा भएका केही वुंदाहरुलाई संशोधन प्रस्ताव गर्नुभएको थियो । कोषाध्यक्षवाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । विधान तथा आर्थिक प्रतिवेदन पारित पश्चात नेपाली वर्णमालाको अन्तिमवाट नाम शुरु आधारमा आआफ्नो अवधारणा केन्द्रीय पदाधकारी सदस्यहरुवाट राखिएको थियो । यसमा क्रमश उपाध्यक्ष्ँ हस्त मास्वा(मौखिक), सचिव सुरेश सुव्वा(लिखित), कोषाध्यक्ष मदन कन्दङवा(मौखिक), अध्यक्ष दिलपालुङवा(लिखित) र महासचिव अविचन्द्र र्इङनामले-लिखित) राखेका थिए । यी अवधारणा उपर व्यापक छलफल भएको थियो । आगामी वैठकले पारित निर्णयहरु कार्यन्वयन गर्ने भएको छ । स्मरण रहोस कि हङकङमा मूख्यपदाधिकारी रहेको लिरामोको पदाधिकारीहरुमा अध्यक्ष दिल पालुङवा लिम्वु, उपाध्यक्ष हस्त मास्वा,उपाध्यक्ष राज चोङवाङ(युके),उपाध्यक्ष धनवीर सांवा(नेपाल),महासचिव अविचनद्र र्इङनाम, सचिव सुरेश सुव्वा कोषाध्यक्ष मदन कन्दङवा,सह कोषाध्यक्ष जय थक्लुङ, सदस्य डि.वी.पालुङवा, गीता पालुङवा, हस्त लिवाङ, असली वनेम, एन.पी.लिम्वु(युके) र डम्वर खापुङ(युके) रहेका छन् । केन्द्रीय कार्यालय सचिव प्रकाश कन्दङवा रहेका छन् ।

No comments: