लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
घरमा टिभी हेर्न आएकी दलित बालिकालाई यौन शोषण गर्ने गरेको पोल खुलेपछि एक वृद्धलाई गाउँलेले क्षतिपूर्ति स्वरूप पाँच कट्ठा जग्गा जरिवाना तिराएका छन् । मोरङको बेलवारी-३ कर्मडाँडा बस्ने ५७ वर्षीय चन्द्रबहादुर भेटवालले छिमेकी एक १३ वर्षीया बालिकालाई बेलुका टिभी हेर्न आएको मौका पारी यौन शोषण गर्ने गरेका थिए । उक्त कुरा गाउँलेले थाहा पाएपछि समाज राखेर बालिकालाई क्षतिपूर्ति स्वरूप पाँच कट्ठा जग्गा पास गर्न लगाएर जरिवाना तिराइएको हो । गाउँमा समाज बसी बालिकाको भविष्यका लागि उनी बालिग नभएसम्म कसैले पनि बेचबिखन गर्न नपाउने गरी कागज गराएर पाँच कट्ठा जग्गा यसै हप्ता पास गर्न लगाइएको स्थानीय एक गाउँलेले जानकारी दिए । जधन्य अपराधका घटनामा मिलापत्र गराउने नहुने भए पनि कानुनी कारबाहीमा पीडित बालिकाले न्याय पाउने विश्वास कम भएको भन्दै गाउँमै पीडकलाई जरिवाना तिराइएको गाउँलेको भनाइ छ । इलाका प्रहरी कार्यालय बेलवारीले भने घटनाबारे कुनै जानकारी नआएको जनायो ।
No comments:
Post a Comment