News

Aug 4, 2011

ब्राजिल र नेपाल सरकारका बीच ३ बुँदे सहमित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ब्राजिल र नेपाल सरकारका प्रतिनिधिहरु बीच ३ बुँदे सहमित पत्रमा हस्ताक्षर भएको छ । ब्राजिलको भ्रमणमा रहनु भएका उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादव र ब्राजिलका विदेशमन्त्री एन्टोनियो डि अगुएर पाटरियोटाबीच ब्रसिलियामा सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति अनुसार कृषि स्वास्थ्य शिक्षा वातावरण लगायतका क्षेत्रमा दुई देशबीच प्राविधिक सहयोग आदानप्रदान हुने भएको छ । त्यस्तै दुई देशका कुटनीतिक तथा अन्य सरकारी पदाधिकारीहरुको भ्रमणका लागि भिसा सहजीकरणका सम्बन्धमा पनि सहमति भएको छ । दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन द्धिपक्षीय परामर्श संयन्त्र गठन गर्ने सहमति पनि भएको छ । ३ बुँदे सहमतिपछि नेपाल र ब्राजिलबीचको सम्बन्धमा नयाँ आयाम थपिएको परराष्ट्रमन्त्री उपेन्द्र यादवले बताउनुभएको ब्राजिलबाट नेपाली राजदूत प्रधुम्न विक्रम शाहले एबीसी टेलिभिजनलाई जानकारी दिनुभयो ।

No comments: