News

Jan 6, 2011

अनमिनको बैकल्पिक संयन्त्र बनाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २२ - सरकारले राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनको म्याद नथप्ने भएपछि बैकल्पिक संयन्त्र बनाउने सहमति तीन दलबीच भएको छ । बिहीबार शान्ति मन्त्रालयमा बसेको प्रमुख तीन दलको बैठकले अनमिन बहिर्गमनपछि लडाकुको रेखदेखका लागि बैकल्पिक संयन्त्र बनाउने निर्णय गरेको हो । राष्ट्रसंघीय मिसन (अनमिन) को म्याद सकिन नौ दिन बाँकी हुँदा तीन ठूला दलका शीर्ष नेताहरु उसको भविष्यलाई लिएर छलफलमा जुटेका हुन् ।
बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षहरु मोहन बैद्य, नारायणकाजीसहितका नेताहरु छन् । त्यसैगरी काँग्रेसका सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेललगायत छन् भने एमालेका अध्यक्ष झलनाथ खनाल, प्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेललगायतका नेताहरु थिए ।
माओवादीले अनमिनको म्याद अगामी जेठ १४ गतेसम्मका लागि थप्न अनुरोध गर्दै राष्ट्रसंघलाई पत्र पठाइसकेको छ भने सरकारले यसअघि नै अनमिनसंग भएको माओवादी लडाकुको विवरण तथा हतियार बुझाउन भन्दै पत्र लेखेको थियो । यसरी प्रमुख दलहरुबीच अनमिनलाई राख्ने की विदा गर्ने भन्ने सम्बन्धमा विवाद जारी नै रहेपनि अनमिन पछिको अवस्था के हुने भन्ने सम्बन्धमा सहमति जुटको छैन । बुधबार प्रधामन्त्री नेपाल र माओवादी अध्यक्ष दाहालबीचको भेटवार्तामा पनि कुरा नमिलेपछि यस विषयलाई तीन दलको शीर्ष बैठकमा राख्ने तय भए अनुसार बैठक आयोजना गरिएको हो ।

No comments: