News

Jan 6, 2011

आफ्नो पार्टी भारत विरोधी नभएको स्पष्ट: भट्टराई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पार्टी भारत विरोधी नभएको स्पष्ट पार्नु भएको छ ।रिपोर्टस्र क्लब नेपालका अध्यक्ष ऋषि धमलासँग कुरा गर्दै भट्टराईले नेपालको विकासकोलागी भारतको सहयोग अपरिहार्य रहे पनि नेपालको विषयमा निर्णय नेपालीले नै गर्नुं पर्ने बताउनुभयो । उहाँले भारतले नेपालीको प्रयासलाई सहयोगसम्म गर्नु पर्ने धारणा राख्नुभयो । नेपाल भारतवीचको सम्बन्ध सास्कृतिक र धार्मिक हिसावमा रहेको उल्लेख गर्दे सम्बन्धमा आएका समस्यलाई कुटनीतिक रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो । लडाकुको समायोजन र संविधान लेखनकोलागी आफ्नो पार्टीले जस्तो सुकै काम गर्न र मिल्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भारतसँग आफ्नो पार्टीले मिलेर अगाडि बढन चाहेको स्पष्ट पार्नुभयो । भावी प्रधानमन्त्रीको विषयमा राखिएको जिज्ञासामा भट्टराईले आफ्नो लागी प्रधानमन्त्रीको पद गौण भएको भन्दै सहमति भए जो पनि प्रधानमन्त्री बन्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो-प्रधानमन्त्री को बन्ने भन्दा मुलुकमा राष्ट्रिय सहमति महत्वपूर्ण क्ररा हो । सहमतिबाट जो प्रधानमन्त्री भएपनि कुनै फरक नपर्ने स्पष्ट पार्नुभयो ।

No comments: