News

Jan 7, 2011

म्याद सकिन थालेपछी अनमिन कर्मचारी फर्कन थाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
म्याद सकिन थालेपछी संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसन अनमिन कार्यालयका कर्मचारीहरु माओवादी लडाकु शिविरबाट काठमाडौं फर्कने क्रम सुरु भएको छ । विभिन्न शिविरमा हतियार अनुगमनका लागि खटिएका कर्मचारीहरुले काठमाडौं फर्केर आ-आफ्नो जिम्मामा रहेका सामान बुझाउन थालेका छन् ।
राष्ट्र सङ्घ संवद्ध अनमिनका दुईसय भन्दा बढी कर्मचारीहरुले जनवरी १६ अघि नै फर्कने तयारी गरेका छन् । अनमिनको म्याद सकिएपछि शान्ति प्रक्रिया र सेना समायोजनको प्रक्रियायालाई कसरी अगाडि बढाउने भन्ने विषयमा भने दलहरुबीच सहमति बनिसकेको छैन । यही पुस मसान्तमा अनमिनको म्याद सकिँदै छ ।

No comments: