News

Jan 6, 2011

अर्थसचिव खनालले अमेरिकी स्वार्थमा काम गरेको खुलासा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
युरोपेली विमान कम्पनी एयरबस र अमेरिकी विमान कम्पनी बोइङबीचको टकरावमा नेपाल वायुसेवा निगम परेको छ। दुई ठूला विमान कम्पनीले विमान बिक्रीका लागि नेपाल वायुसेवा निगमको टेन्डरमा खुला प्रतिस्पर्धा गर्दा एयरबस छनोटमा परेको थियो। विकिलिक्सले खुलासा गरेअनुसार पछिल्लो पटक एयरबसको विमान खरिदमा भाँजो हाल्ने काम अमेरिकी विमान कम्पनी बोइङबाट देखिएको छ। आफ्नो विमान बिकाउन नसकेपछि अन्य विमान पनि खरिद नगराउने प्रपाच बोइङले गरेको खुलासा भएको छ। एयरबस र नेपाल वायुसेवा निगमबीचको विमान खरिद सम्झौता हुनै नदिने र प्रक्रिया नै रद्द गराई पुनः प्रक्रियामा पठाई बोइङ नै खरिद गर्न बाध्य बनाउने योजना बोइङले बनाएको पुष्टि भएको छ।चर्चित वेबसाइट विकिलिक्सले खुलासा गरेअनुसार काठमाडौंस्थित अमेरिकी राजदूतावासबाट नेपाल सरकारभित्र बोइङ कम्पनीको विमान खरिदमा समर्थन गर्ने उच्च पदाधिकारीको खोजी गरिएको थियो। सो क्रममा अर्थसचिव रामेश्वरप्रसाद खनाल अग्रपंक्तिमा भएको खुलासा गरिएको छ।

No comments: