News

Jan 6, 2011

सेना समायोजना र नेपालको राजनीतिक विषयमा छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालको विषयमा छलफल गर्न भारतको राजधानी नयाँ दिल्लीमा विवेकानन्द फाउण्डेसनले आयोजना गरेको सम्मेलनको आज उपप्रधान एवम सुजाता कोइरालाले उदघाटन गर्नुभयो । नेपालको जारी शान्ति प्रकि्रया संविधान लेखन सेना समायोजना र नेपालको राजनीतिक अवस्थाका विषयमा छलफल हुने सो सम्मेलनको उदघाटन गर्दै उपप्रधानमन्त्री कोईरालाले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणलाई निश्कर्षमा पुर्याउन लागि परेको जानकारी दिनुभयो । फाउण्डेसनका डाईरेक्टर अजित दुगडले नेपाल र भारतको सम्बन्धलाई बहुआयामिक रुपमा हेर्नु पर्ने अवश्यकता औल्याउँदै नेपालमा शान्ति स्थापना गरेर आर्थिक प्रगति तर्फ लागे नेपाल भारत दुवैको हित हुने दावी गर्नुभयो । दोस्रो सत्रमा नेपालको राजनीतिक अवस्थाको विषयमा डा बाबुराम भट्टराईले नेपालको राजनीतिक अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र प्रस्तुत गर्दै भट्टराईले नेपालमा जारी राजनीतिक गतिरोधको अन्त्यकोलागी सहमतिको विकल्प नभएको दावी गर्नुभयो । उहाँले मुलुकमा अहिले 'को प्रधानमन्त्री बन्छ' भन्दा पनि सहमति कायम गरेर अगाडि बढने कुरा महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपालको राजनीतिक गतिरोध अन्त्यमा भारतीय सदभाव आवश्यक रहे पनि नेपालमा के गर्ने भन्ने निर्णय नेपालका राजनीतिक दलहरुले नै गर्नु पर्ने स्पष्ट पार्नुभयो । सो सत्रमा नेपाली काग्रेसका प्रदिप गिरी र हरि शर्माले बोल्ने कार्यक्रम रहेको छ ।
तेस्रो सत्रमा नेपालको संविधान लेखनको विषयमा छलफल हुने छ । नेपालकालागी पूर्व राजदुत केभी राजनले चेयर गर्ने सो सत्रमा अग्नी खरेल भिमार्जुन आचार्य प्रदिप ज्ञावली र रामशरण महतले बोल्नु हुने छ भने आजै हुने चौथो सत्रमा माओवादी लडाकुको समायोजन र पुर्नस्थापना सम्बन्धमा छलफल हुने छ, त्यसमा पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवाल र माओवादी डेपुटी कमाण्डर वर्षमान पुनले धारणा राख्नु हुने छ ।

No comments: