News

Jan 2, 2011

माओवादीले पार्टी नेताहरुको जिम्मेवारीमा हेरेफेर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस १८ - माओवादीले पार्टी नेताहरुको जिम्मेवारीमा हेरेफेर गरेको छ । आइतबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नेताहरुको जिम्मेवारीमा 'सामान्य' हेरफेर गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । हेरफेरबारे भने उनले बताएनन् । बैठकमा सोमबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा, संसदमा कसरी प्रस्तुत हुनेलगायतका विषयमा पनि छलफल भएको शर्माले बैठकपछि जानकारी दिए । माओवादी केन्द्रीय समिति बैठक सोमबारदेखि सुरु हुँदैछ । पार्टी कार्ययोजना तथा कार्यविभाजनबारे विवाद भएपछि केन्द्रीय समिति बैठक बोलाइएको हो । यसअघिको केन्द्रीय समिति बैठकमा उपाध्यक्ष मोहन वैद्यले समर्थन गरेपछि अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदन पारित भएको थियो । दाहालको राजनीतिक प्रतिवेदनप्रति अर्का उपाध्यक्ष बाबुराम भट्टराईले भने असहमति जनाएका छन् । यसअघिको स्थायी समिति बैठक भने उपाध्यक्ष बाबुराम भट्टराईले पार्टी नीतिविपरीत बोलेको भन्दै केही नेताहरुले उनलाई कारबाहीको माग गरेपछि निष्कर्षविहीन भएको थियो ।

No comments: