लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान निर्माणका क्रममा देखिएका बिवादीत बिषयमा सहमति जुटाउने प्रयास स्वरुप आज बसेको संविधानसभाका २८ दलको बैठक पनि विना निश्कर्ष टुङ्गीएको छ । सिंहदरबारमा रहेको राज्यब्यवस्था समितिको कार्यालयमा बसेको बैठकमा यसअघि कार्यदलले सहमति जुटाएको भनिएको विषयहरुमा फेरि विवाद उत्पन्न भएपछि सहमति जुटन नसकेको हो । बैठकमा यसअघि कार्यदलले एकद्धारा प्रणालीबाट नागरिकता प्रदान गर्ने र नागरिकता पाउने अवस्थाको विषयमा सहमति गरे पनि साना दलहरुले सो विषयमा आपत्ति प्रकट गरेका थिए । त्यसैगरी न्यायाधिस नियूक्ति र संबैधानिक अगंका प्रमुखको नियूक्तिकालागी गठन गर्ने संयन्त्रको र त्यस्तो नेतृत्वको विषयमा पनि दलहरुवीच सहमति जुटन नसकेको नेताहरुले जानकारी दिएका छन् । आजको बैठकमा यसअघि कार्यदलले गरेको सहमतिलाई अनुमोदन गर्ने र नयाँ संविधान उल्लेख गर्ने न्यायपालिका संबन्धी ब्यवस्थामा रहेको विवादको विषयमा सहमति जुटाउने बैठकअघि नेताहरुले जानकारी दिएका थिए ।
No comments:
Post a Comment