News

Jan 6, 2011

जनबिद्रोहमा माओवादी / अव देशब्यापी प्रशिक्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २२ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईलाई संसदीय दलको नेताको जिम्मेवारी नदिएकोमा आपत्ति जनाएपछि नेताहरुको कार्यबिभाजन स्थगित भएको छ । कार्यविभाजनको सैद्धान्तिक प्रस्ताव भने बहुमतले पारित गरेको छ । केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले संगठन र कार्यबिभाजनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेपछि भट्टराई पक्षधर नेताहले क्षमता अनुसार जिम्मेवारी नदिएको भन्दै भट्टराईलाई संसदीय दलको नेता बनाउन माग गरेका थिए । 'हाम्रो माग बाबुरामजीलाई संसदीय दलको नेता बनाउनुपर्छ भन्ने थियो' भट्टराई पक्षका एक नेताले भने, 'त्यसो नभएपछि हामीले कार्यबिजान प्रस्तावमाथि असहमति जनायौ ।' दाहालको राजनीतिक दस्ताबेजमाथि असहमतिसंगै कार्यबिभाजनमा पनि भट्टराई पक्षले असन्तुष्टि जनाएका हुन् । स्थायी समिति सदस्य उपाध्यक्ष भट्टराईलाई संयुक्त मोर्चाको जिम्मेवारी दिन अध्यक्ष दाहालले प्रस्ताव पेश गरेपछि भट्टराई पक्षका स्थायी समिति सदस्य टोप बहादुर रायमाझी, पोलिटव्युरो सदस्यहरु देवेन्द्र पौडेल, राम कार्की, हिसिला यमी लगायतले आपत्ति जनाएपछि कार्यबिभाजन हुन नसकेको एक नेताले बताए ।

No comments: