News

Jan 5, 2011

डाबर नेपालका प्रमुख र कारखाना म्यानेजर धरौटीमा रिहा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुई महिना अगाडिकै उत्पादन मिति राखेर रियल ब्राण्डको जुस उत्पादन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डावर नेपालका प्रमुख कार्यकारी अधिकृत उदयन गांगुली र बारामा रहेको रियल जुसको कारखानका म्यानेजर ईन्द्रनील गुप्ता धरौटीमा रिहा भएका छन् । आज अख्तियारले प्रमुख कार्यकारी अधिकृत गांगुली र कारखाना म्यानेजर गुप्तालाई ५ करोड रुपैयाँ धरौटीमा रिहा गरेको हो । नक्कली मिति राखिएका ७४ हजार कार्टुन रियल जुसको बिगोस्वरुप उक्त रकम लिइएको अख्तियारले जानकारी दिएको छ । अख्तियारले पुस ५ गते रियल जुसको बारा रामपुर टोकनीमा रहेको कारखानामा छापा मारी डिसेम्बरमै जनवरीको उत्पादन मिति राखेर तयार पारेका जुसको गोदाम फेला पारेको थियो । नक्कली मिति राखिएका ७४ हजार कार्टुन जुस अख्तियारले सीलबन्दी गरी अनुसन्धान सुरु गरेको थियो ।

No comments: