लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शान्ति र संविधानको नारा लिएर नेपाली काँग्रेस रामेछाप जागरण अभियान अन्तर्गत गाउँगाउँमा कार्यकर्ता प्रशिक्षणमा जुटेको छ ।जिल्लाका ५५ वटै गाविसमा यो अभियान सञ्चालन गर्ने जिल्ला सभापति रामचन्द्र खड्काले बताउनुभयो । शान्ति, संविधानबारे जनचेतना बढाउने तथा गाउँ कार्य समिति र इलाका कार्य समितिलाई पूर्णता दिनका लागि पनि अभियान चलाएको खड्काले बताउनुभयो ।मुलुकलाई पुनः युद्धतिर होइन, ठूला तीनदल काँग्रेस, माओवादी र एमाले मिलेर निकास दिन सक्नुपर्नेमा सभापति खड्काले भन्नुभयो- 'निषेधको राजनीतिले कोही पनि अगाडि बढ्न सक्दैन । सहमति, सहकार्य र एकता नै अहिलेको मिलनबिन्दु हो ।' संसद्वादी शक्ति र जनवादी शक्तिको सहकार्यबाट मात्र देशले निकास पाउने उहाँको भनाइ थियो ।
No comments:
Post a Comment