News

Aug 2, 2011

समितिले पाँच बुँदे सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १४ गते भएको पाँच बुँदे सहमति कार्यान्वयन संसदीय अनुगमन समितिले सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री र हस्ताक्षरकर्ताको ध्यानाकर्षण गराएको छ । समितिको आज बसेको बैठकले पाँच बुँदे सहमति अन्तर्गत राष्ट्रिय सहमतिको सरकार गठनको वातावरण निर्माणका लागि प्रधननमन्त्रीले राजीनामा दिने भन्ने सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो । समितिका सदस्य एवं कांग्रेस नेता विमलेन्द्र निधिले संसदले नै ध्यानाकर्षण गराएको प्रधामन्त्रीको राजीनामा सम्बन्धि सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको बताए । जेठ १४ गते प्रमुख तीन दलबीच पाँच बुँदे सहमति भएको थियो । सहमतिमा प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि यो सरकारले राजीनामा दिने उल्लेख छ ।

No comments: