लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विद्यार्थीले कक्षाकोठामा समेत मोबाइल फोनको प्रयोगले शिक्षण सिकाइमा प्रतिकूल असर पुर्याएको भन्दै शिक्षा विभागले कक्षाकोठामा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाएको छ । विद्यालयमा हुने शिक्षण सिकाइलाई प्रभावकारी एवम् गुणस्तरीय बनाउन मोबाइल प्रतिबन्ध लगाएको शिक्षा विभागका महानिर्देशक डा.लवदेव अवस्थीले बताउनुभयो । कक्षा कोठामै मोबाइल फोनले पूरै कक्षा कोठा नै डिस्टप भई विद्यार्थीले नबुझ्ने र विद्यार्थीको शिक्षण सिकाइमा साह्रै असर परेको शिक्षकको भनाइ छ । शिक्षकहरुको गुनासोपछि अबदेखि विद्यालय र कक्षा कोठामा विद्यार्थीले मोबाइल प्रयोग गरे जफत गर्न शिक्षा विभागले निर्देशन दिएको छ । यसैगरी विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने प्याकिङ गरिएका जङ्क फुडहरु तथा सुख्खा केमिलकयुक्त खाद्य पदार्थहरुको प्रयोगमा समेत प्रतिबन्ध लगाएको छ । विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने किसिमका अजिनोमोतो मिसिएका दालमोट, चाउचाउ, चिजबल र कुरकुरेजस्ता प्लास्टिकमा प्याकिङ गरिएका जङ्क फुडहरु तथा सुख्खा केमिकलयुक्त खाद्य पदार्थहरु दिवाखाजाको प्रयोगमा समेत निषेध गरिएको छ ।
No comments:
Post a Comment