News

Aug 3, 2011

१२५ ट्राभल-डकुमेन्ट कता गए ?

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण १८ - परराष्ट्र मन्त्रालयले दुई बर्ष अघि वितरण गरेका १ सय २५ थान ट्राभल डकुमेन्ट (यात्रा अनुमतिपत्र) को दुरुपयोग भएकोबारे अहिले आएर छानविन सुरु भएको जनाएको छ । गृह मन्त्रालयको सिफारिसमा नेपालमा बसोबास गर्ने शरणार्थीहरुलाई ट्राभल-डकुमेन्ट जारी गर्ने कानूनी व्यवस्था रहेकोमा सन् २००९ को सुरुवातमा परराष्ट्रले जारी गरेको देखिने अनुमतीपत्रमा शंकाश्पद-स्थिती देखिएको हो । 'परराष्ट्रको रेकर्डमा रहेका ४ हजारमध्ये १२५ थान जति ट्राभल-डकुमेन्ट थाइल्याण्डको बैंकक र इजिप्टको कायरोस्थित कुटनीतिक नियोगमा पठाइएको देखिन्छ तर त्यही नम्बरका अनुमतीपत्र परराष्ट्रबाटै जारी भएको पनि देखिन्छ,'परराष्ट्रमा राहदानी महाशाखाका एक अधिकारीले भने । परराष्ट्रमा रहेको राहदानी, ट्राभल डकुमेन्टसहितका सामग्री रहेको स्टोरको सम्पूर्ण जिम्मेवारी दिएर नायब सुब्बा तहका कर्मचारीलाई सुपरिटेन्डेन्ट तोकिएको हुन्छ । स्टोर शाखाबाट चलानी हुँदै 'डिप्लोम्याटिक मेल' बाट ट्राभल-डकुमेन्ट जारी गर्ने चार जना कर्मचारी यो प्रकृयामा रहेको भन्दै परराष्ट्रले मंगलबारबाट आवश्यक छानविन सुरु गरेको छ । सहसचिव धनन्जय झाको संयोजकत्वमा एक छानवीन समिति बनाइएपनि झा अहिले ब्राजिल भ्रमणमा रहेकाले मातहतका कर्मचारीले छानविनको प्रारम्भिक परामर्श थालेका हुन् । यसका लागि गृह मन्त्रालयका अधिकारीसँग सहकार्य गरिने भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको एक बिज्ञप्तीमा २०१० को डिसेम्बर २६ बाट मेसिन रिडेबल पासपोर्ट र ट्राभल-डकुमेन्टको प्रकृया सुरु भएयता सबै प्रकारका फर्जी कामकारवाहीमा रोकावट आएको दावी गरिएको छ । 'राहदानी बनाउने मुख्य आधार नेपाली नागरिकताको प्रमाणपत्र तथा नेपालमा बसोबास गरेका शरणार्थीको हकमा शरणार्थी परिचय पत्र र गृह मन्त्रालयको फोटोसहितको सिफारिश नै हो । यस्ता कागजात फर्जी गरी पेश भएको जानकारी प्राप्त भएका यस्ता राहदानी तथा यात्रा अनुमती पत्र जारी भैसकेको अवस्थामा पनि रद्ध गर्न सकिने व्यस्था राहदानी ऐनमा रहीआएको छ,'बिज्ञप्तीमा उल्लेख छ ।

No comments: