लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगन्ज, श्रावण १७ - बाँकेको दोस्रो नगरपालिका कोहलपुरमा सुरक्षा ब्यबस्था सुदृढ गर्न जनशक्ति र साधन स्रोत बृद्धि गरिने भएको छ । मध्यपश्चिको भ्रमणमा आएका प्रहरी महानिरीक्षक रबिन्द्रप्रताप शाहले स्थानीय बासिन्दाको माग अनुरुप कोहलपुर इलाका प्रहरी कार्यालयको क्षमता वृद्धि गर्ने वताएका छन् । करिब एक करोड रुपैयाको लागतमा निर्मित इलाका प्रहरी कार्यालय भवनको मंगलवार उदघाटन गर्दै प्रहरी महानिरीक्षक शाहले उक्त इलाकामा प्रहरी नायव उपरीक्षकको दरवन्दी कायम गरी क्षमता अभिवृद्धि गर्ने आश्वासन दिएका छन् । २०६१ साल पुस १६ गते माओवादीले बम प्रहार गरी ध्वस्त पारेको उक्त भवन शान्ति तथा पुननिर्माण मन्त्रालय लगायत स्थानिय बासिन्दाको सहयोगमा निर्माण गरिएको हो । 'सुरक्षा ब्यवस्था सुदृढ नहुंदा सम्म विकासले गति लिन सक्दैन' प्रहरी महानिरीक्षक शाहले भने-'त्यसका लागि ध्वस्त संरचनाहरुको पुनर्निमाण गरीनेछ ।' गतवर्ष एक सय भवन निर्माण स्विकृत भएको र यस वर्ष ८१ भवन पुननिर्माण थालेको उनले जानकारी दिए । केही वर्ष भित्रै माओवादीले ध्वस्त पारेका देशभरका सात सय ६८ भवन निर्माण गरिने जानकारी पनि दिए ।
No comments:
Post a Comment