लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरान, श्रावण २०,सुनसरीको इटहरीस्थित नेपाल विद्युत् प्राधिकरण कार्यालयमा आज बिहान बम विस्फोट भएको छ । विस्फोटबाट प्राधिकरण कार्यालय भवनमा सामान्य क्षति पुग्नुका साथै झ्याल–ढोकाका सिसा फुटेका छन् । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको छ । सुनसरी प्रहरीले विस्फोटमा भूमिगत सशस्त्र समूहको हात रहेको अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले बताएको छ । यसअघि बिहीबार मात्र सुनसरीकै बविया गाविस–३ स्थित रामेश्वर मेहताको घरमा सशस्त्र समूहले लुकाइराखेको बम विस्फोट हुँदा दुई जना घाइते भएका थिए । यसैबीच उदयपुर सदरमुकाम गाईघाटस्थित जिल्ला वन कार्यालयमा पनि प्रेसरकुकर बम फेला परेको छ । नेपाली सेनाको पूर्वी पृतनाबाट टोली पठाएर बम निष्क्रिय पार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । खम्बुवान मुक्ति मोर्चा संयुक्तका प्रवक्ता आकार खम्बुले सञ्चारकर्मीलाई फोन गरी इटहरी र उदयपुरमा आफूहरूले बम राखेको जिम्मा लिएका छन् ।
No comments:
Post a Comment