लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंगल ग्रहका अग्ला पहाडहरुमा पानी बगेको खोल्साहरु देखिएको छ । अग्ला पहाडहरुमा पानी बगेको खोल्साहरु देखिएपछि वैज्ञानिकहरुले त्यहाँ जीवको सम्भावना औँल्याएका छन्। अमेरिकी र स्वीस वैज्ञानिकहरुको संयुक्त टोलीले अनुसन्धान गरी देखाएको यस निष्कर्षलाई बिहीबार प्रकाशित विज्ञान जर्नलले सार्वजनिक गरेको हो। तरल पदार्थ बगेका खोल्साखोल्सीहरु निकै लामा, गहिरा र धाँजा फाटेको, हाँगाबिगा फैलिएको अवस्थामा पाइएका छन्। यी सयौँ मिटर गहिरा र ठाडा खोल्साहरु फराकिला भने नभएको साइन्स जर्नलले जनाएको छ । यस्ता खोल्साहरु सम्म ठाउँमा पुगेर समाप्त हुन्छन्। गर्मी याममा पहाडी क्षेत्रमा खोल्सा देखिने र अवरोधहरु पार गर्दै तल्लो भागमा बग्ने, कहिले बाँडिएर अघि बढ्ने तर जाडोमा हराउने गरेको बताइएको छ। यसरी बग्दा हिलो माटो पनि बग्ने गरेको देखिएको छ।
No comments:
Post a Comment