News

Oct 13, 2009

यात्रुलाई जहाजभित्र निःशुल्क इन्टरनेट चलाउन सुविधा उपलब्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क, असोज २६ अमेरिकाको युनाइटेड एयरलाइन्सले यात्रुलाई जहाजभित्र निःशुल्क इन्टरनेट चलाउन दिनका लागि वाइफाइ सुविधा उपलब्ध गराउन थालेको छ। यो सुविधा तत्कालका लागि न्युयोर्क र क्यालिफोर्निया उडानमा मात्र उपलब्ध गराइएको एयरलाइन्सले जनाएको छ। वाइफाइ सुविधाका कारण यात्रुले युनाइटेडका जहाजभित्र ल्यापटप र मोबाइल फोनमा इन्टरनेट चलाउन पाउँछन्। युनाइटेडले आफूसँग रहेका १३ बोइङ ७५७ मध्ये एउटामा यो सुविधा दिएको र बाँकीमा आगामी नोभेम्बर दोस्रो सातासम्ममा वाइफाइ जडान गरिसक्ने जानका प्रवक्ता रोबिन उर्बान्स्कीले दिए। एयरसेल कम्पनीको गोगो वाइफाइ जडान गरेको हो। 'वाइफाइ सेवापछि यात्रुको सुझाव र टिप्पणी बुझ्ने काम भइरहेको छ,' उनले भने, 'सेवा प्रभावका भए सबै जहाजमा वाइफाइ जडान गर्छौं।'गोगोले युनाइटेडको न्युयोर्क र क्यालिफोर्निया उडानमा वाइफाइ सेवा प्रयोग गर्दा प्रतिल्यापटप १२ दशमलव ९५ र मोबाइलका लागि ७ दशमलव ९५ अमेरिकी डलर लिने गरेको छ। यात्रुले मोबाइलमा कुराकानी वा इन्टरनेट कल गर्न भने पाउँदैनन्। अमेरिकाकै एयर ट्रानले १ सय ३६ जहाजमा वाइफाइ सेवा दिइरहेको छ। डेल्टा एयरलाइन्स र अमेरिकन एयरलाइन्सले सयौं जहाजमा केही वर्षभित्र यो सेवा उपलब्ध गराउने योजना बनाएका छन्। साउथवेस्ट एयरलाइन्सले भने आफ्ना जहाजमा वाइफाइ परीक्षण गरिरहेको छ।

No comments: