लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कङ्ग्रेस केन्द्रीय समितिको बैठकले सभापति गिरिजाप्रसाद कोइरालाको निर्देशनलाई अस्वीकार गर्दै तोकिएकै समयमै महासमितिको बैठक गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले कात्तिक १५ देखि काठमाडौंमा महासमिति बैठक गर्ने निर्णय गरेको हो। यसअघि विरगञ्जमा गर्ने भनिएको महासमितिको बैठक खर्च कम गर्नका लागि काठमाडौंमा सारिएको कांग्रेसका एक नेताले जानकारी दिए ।महासमिति सार्नेबारे दुई दिनअघि कोइरालाले आफ्नै निवासमा बोलाएका अनौपचारिक बैठकमा महासमिति बैठक रोक्न निर्देशन दिएका थिए। त्यतिबेला त्यहाँ उपस्थित सुशील कोइरालाबाहेक अरु सबैले कोइरालाको उक्त निर्देशनप्रति विरोध जनाएका थिए। रामचन्द्र पौडेलले भने सभापतिको सहजताका लागि यो बैठक बरु काठमाडौंमै गर्न सकिने बताएका थिए। यसअघिको बैठकमा पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति एवं पार्टीका संसदीय दलका नेता रामचन्द्र पौडेल, उपसभापति गोपालमान श्रेष्ठ, महामन्त्री बिमलेन्द्र निधि, सहमहामन्त्री एवं प्रवक्ता अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य नरहरि आचार्य लगायतले निर्धारित समयमा नै महासमिति बैठक गर्नुपर्नेमा जोड दिएका थिए । केन्द्रीय सदस्य रामशरण महत, कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, मानबहादुर विश्वकर्मा, दिलबहादुर घर्ती, गोपाल पहाडी लगायतले भने सभापति कोइरालाको सुझाव अनुसार बैठक रोक्नुपर्ने धारणा अगाडि सारेका छन् । बैठक जारी छ ।
No comments:
Post a Comment