लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आसोज २७ - एकिकृत नेकपा माओवादी पाल्पाले आर्थिक अनियमितताको आरोपमा कारबाही गरेका २ जना जिल्ला सदस्यसहित २१ जना माओवादी कार्यकर्ता मात्रिका यादवको पार्टी माओवादीमा प्रवेश गरेका छन्। कारबाहीमा परी माओवादीमा प्रवेश गर्नेहरुमा जिल्ला समिति सदस्यमा नारायण भण्डारी र भोलानाथ बश्याल रहेको एकिकृत माओवादी पाल्पाले बिज्ञप्ति मार्फत जनाएको छ। माओवादी पाल्पाका सचिब नेत्र पाण्डेले पार्टी मापदण्ड बिपरित चन्दा असुली गरी आर्थिक हिनामिना गरेको पाइएकाले कारबाही गरेको बताए। उनले मगरात राज्य समितिको स्विकृतिमा जिल्ला समितिको निर्णय अनुसार उनीहरुलाई कारबाही गरिएको बताए।पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी कम्युनिष्ट मुल्य मान्यता र आदर्शबाट बिचलित हुँदै गएको र आत्मसमर्पणमा फसेको आरोप उनीहरुले वक्तव्यमा लगाएका छन्।
मात्रिका समुहमा प्रवेश गरेका नारायण पौड्यालले पूर्वाग्रहका आधारमा पार्टीले कारबाही गरेको दाबी गरे। उनले नागरिकसँग भने, "हामीले पार्टीको क्रान्तिकारी धारको वकालत गरेकै कारण र पार्टी भित्रको आर्थिक हिनामिनाका बिरुद्ध आवाज उठाउँदा पार्टीले कारबाही गर्यो।"

No comments:
Post a Comment