लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२अक्टोबर,२००९, पत्रकारहरुलाई सुराकी बनाउने सरकारको निर्णय र श्रमजीवी ऐनको कार्यान्वयनको माग गर्दै नेपाल पत्रकार महासंघको काठमाडौं उपत्यकाका शाखाहरुको आह्वानमा पत्रकारहरुले आज सिंहदरबारको मूल ढोका अगाडि प्रदर्शन गरेका छन् । निषेधित क्षेत्र तोड्दै प्रदर्शनमा उत्रिएका पत्रकारहरुले पत्रकारहरुलाई सुराकी बनाउने सरकारको निर्णय फिर्ता हुनुपर्ने, श्रमजीवी ऐनको कार्यान्वयन गरिनुपर्ने लगायतका मागहरु गरेका थिए । आफ्ना मागहरुप्रति सरकार गम्भीर नभए सशक्त आन्दोलनमा उत्रिने नेपाल पत्रकार महासंघ, काठमाडौंका सभापति युवराज व्रि्रोहीले बताए । पत्रकारहरुलाई सुराकी बनाइ देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी पत्रकारहरुले दिएका छन् ।
No comments:
Post a Comment