लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मुख्य तीन पार्टीले मात्र चाहेर संविधान बन्न नसक्ने दाबी गरेका छन् । उनले मधेसी, आदिवासी जनजाति र पिछडिएका सबै वर्गको अधिकार प्रत्याभूत नभए नयाँ संविधान च्यातिने पनि बताए । बिहीबार झापाको भद्रपुरमा मेची पुल निर्माण घोषणासभामा उपप्रधानमन्त्री गच्छदारले संसद् गतिरोध अन्त्यका लागि सहमतिमा नआउने राजनीतिक दललाई मधेसी जनताले मधेसबाट लखेट्ने चेतावनी दिए । उत्तरदेखि दक्षिण मिलाएर प्रदेश कायम गर्नुपर्ने कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको अभिव्यक्तिप्रति उनले कडा आपत्ति जनाए । उनले राष्ट्रियतालाई अक्षुण्ण राख्न मधेसीको भावनामाथि खेलवाड नगर्न चुनौती दिए । 'मुलुक माओवादीको मात्र पेवा होइन,' नेता गच्छदारले भने, 'संसद् अवरोध गरेर विकास निर्माणमा राजनीति गर्न पाइन्न ।'कार्यक्रमस्थलमा उपप्रधानमन्त्री गच्छदार आउनासाथ एकीकृत माओवादी कार्यकर्ताले नाराबाजी गर्दै कालोझन्डा देखाएका थिए । प्रहरी हस्तक्षेपपछि उनीहरू तितरबितर भएका थिए । उपप्रधानमन्त्रीलाई कार्यक्रमस्थलसम्म लैजाने सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई झन्डै डेढ घन्टा लागेको थियो ।
No comments:
Post a Comment