News

Oct 10, 2009

सार्कोजीले वजन घटाउनेलाई फेरि मन्त्री बनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सधैं चिटिक्क र सफा रहन रुचाउने राष्ट्रपति निकोलाई सार्कोजी र उनकी सुपरमोडेल पत्नीलाई खुसी पार्न उनको मन्त्रिपरिषद्का आधाजति मन्त्रीहरूले बोसो घटाउन थालेका छन् । एक प्रमुख पोषणविज्ञका अनुसार रक्तचाप बढाउनेखालको पदीय दायित्व, कठोर मिहिनेत गर्दै सजायजस्तो अल्पाहार लिएर सार्कोजीले आफूले कुर्सी सम्हालेको विगत दुई वर्षभित्रै सात किलोग्राम वजन कम गरेका छन् । बिहान दौडँदा एकपल्ट झन्डै सिद्धिएका थिए यी राष्ट्रपति ! पत्नी कार्ला ब्रुनीको निरन्तरको उपदेश पाइरहेका खिरिलो पातलो शरीरका सार्कोजी तन्दुरुस्तीका साथ क्याबिनेटमा देखापर्दा उनका मन्त्रीहरू लोभिएका हुन्छन् । सार्कोजीका आजीवन साथी रहिआएका गृहमन्त्री ब्राइस होर्तेफ्युको अल्पाहार चाखलाग्दो छ । उनले यस साता झोल पदार्थ, अति कम चिल्लो भएको दही तथा बेरी खाएर चित्त बुझाउनेछन् । तर, आफ्नो कम्मरको भद्दापन घट्छ कि भनेर हेरिरहने उनी एक्ला मात्र कहाँ हुन् र ! वरिष्ठ पोषणविज्ञ जँ माइकल कोहेनले बताएअनुसार उनको पेरिसको कोठामा रहेको डायट क्लिनिकमा अन्य कयौं मन्त्रीहरू र उच्च पदाधिकारीहरू पनि आउने गरेका छन् । राष्ट्रपतिले जुन महिनामा मन्त्रिपरिषद् पुनर्गठनभन्दा अगावै केही किलोग्राम वजन घटाउनेलाई फेरि मन्त्री बनाउने भनेका छन् । उनले अघिल्लोपटक मोटेमन्त्री आन्द्रे सान्तिनीलाई मन्त्रिमण्डलबाट घोक्र्याइदिएका थिए । सार्कोजी सरकारले यस वर्षको अन्तसम्ममा मोटाइविरोधी अभियान थाल्ने भएको छ ।

No comments: