लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०९अक्टोबर,२००९, भदौको अन्तिम साता सुनसरीको इटहरी कारागारमा एक कैदीको मृत्युको बिषयलाई लिएर गरिएको बन्दका कारण पूर्वका केही जिल्लाको जनजीवन प्रभावित बन्न पुगेको छ । कैदी अर्जुन तामाङका हत्यारालाई कारवाहीको माग गर्दै आदिवासी जनजाति महासंघले आज शुक्रबार आह्वान गरेको बन्दका कारण झापा र सुनसरीको जनजीवन प्रभावित बन्न पुगेको हो । बन्द आह्वानका कारण झापा र सुनसरीमा यातायात सञ्चालन प्रभावित बन्न पुगेको छ । अरु दिनको तुलनामा आज कमै मात्र यातायात सञ्चालन भएका छन् ।
No comments:
Post a Comment