News

Oct 13, 2009

हङकङमा नेपाली कामदारहरुको लागि भीसा फुकुवा भएको समाचार गलत

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ /प्रकाश केसी
केही दिनअगाडि, नागरिक दैनिकलगायतका पत्रपत्रिकामा हङकङमा नेपाली महिला कामदारहरुको लागि भीसा खुलाइएको भन्ने आसयको समाचार गलत भएको थाहा लागेको छ । विगत केही वर्षबाट बन्द भएको सो भीसालाई खुलाउनका लागि नेपालका विभिन्न उच्च ओहोदाका पदाधिकारीहरु, सम्बद्ध मन्त्रालयका पदाधिकारीहरुलगायत मन्त्रीहरुबाट हङकङ सरकारको सम्बन्धित मन्त्रालयका पदाधिकारीहरुसँग धेरै नै पटक वार्तालाप तथा छलफल भएको भए तापनि नेपालीहरुका लागि सो किसिमको भीसा अद्यावधि बन्द नै छ ।केही हप्ताअघि नेपालबाट यही विषयलाई एजेण्डाका रुपमा लिएर आएका टोलीले हङकङेली आफूअनुरुपको टोलीसँग भेटी वार्ता गरेको र त्यो टोलीलाई हङकङेली सरकारको तर्फबाट भनिने शैलीकै …समय समयमा हामीले आफ्नो अद्यागमनसम्बन्धि नीति तथा नियमहरुउपर संशोधन गर्ने गर्दछौं र यो केसलाई हामी पुनर्विचार गरी सकभर सकारात्मक हुने प्रयत्न गर्नेछौं..भनिएको तर सो टोलीले नेपालमा पुगी त्यसलाई केही बढाएको हुनसक्ने देखिएको छ ।हङकङेली नेपाली अभिभावकहरुको जिज्ञाशालाई ध्यानमा राखी हङकङस्थित दूतावासमा सोध्दा योपालि पनि माथि भनिएकै जस्तै किसिमको आश्वासन पाइएको जसबारे, दूतावासले पहिले नै स्थानीय नेपाली मिडियाहरुमा प्रेस विज्ञप्ति सार्वजनिक गरिसकेको र अन्य सोबाहेकको सूचनाको हकमा, आधिकारिक रुपमा दूतावासलाई जानकारी प्राप्त नभएको बताइएको छ ।यसैबीच, हङकङेली सभासदहरुको ठूलो टोलीले मुख्यभूमि चीनबाट घरेलु महिला कामदारहरुलाई ल्याए, साँस्कृतिक विविधता नपर्ने, भाषा तथा रहनसहनमा फरक नपर्ने आदि विभिन्न कारणहरुलाई फाइदाहरुको सूचिमा राखी प्रस्तुत गरेका छन् र सोलाई लागू गर्नका लागि स्थानीय अभिभावकहरुलाई केही राहत दिनेबारे पनि सोँच्न सकिने जनाइएको छ ।

No comments: