लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ अक्टोबर, २००९,राजनीतिक गतिरोध अन्त्य गर्ने बिषयमा दुई सत्तारुढ दल एमाले र काँग्रेसले तयार पारेको साझा संकल्प प्रस्तावमाथि प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले संशोधन प्रस्ताव पेश गरेको छ । राजनीतिक गतिरोध अन्त्यको प्रयासमा प्रमुख सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल एकीकृत माओवादीका नेताहरुबीच आज सिंहदरबारस्थित माओवादीको संविधानसभा दलको कार्यालयमा भएको वार्तामा माओवादीले उक्त प्रस्ताव पेश गरेको हो । एकीकृत माओवादीले आजै काँग्रेसलाई पनि संशोधन प्रस्ताव हस्तान्तरण गर्ने जनाएको छ । संशोधन प्रस्तावमा प्रधानसेनापति थमौंती गर्ने राष्ट्रपतिले चालेको कदम असंवैधानिक भएको भन्ने वाक्य एक नम्बरमा उल्लेख गरिएको छ । बैठकपछि एमाले नेता भरतमोहन अधिकारीले छलफल सकारात्मक रुपमा अगाडि बढेको बताउनुभयो । उहाँले माओवादीले ल्याएको संशोधन प्रस्ताव अध्ययन गर्न बाँकी रहेको बताउँदै त्रिपक्षीय छलफलबाट गतिरोध अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।
No comments:
Post a Comment