News

Oct 1, 2009

काठमाडौंमा विरोध प्रदर्शन गर्ने चिनियाँ शरणार्थीलाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १५ चीनले कम्युनिस्ट सत्ता स्थापनाको ६० औं वर्षगाँठ मनाइरहेका बेला त्यसको विरोधमा काठमाडौंमा प्रदर्शन गर्ने चिनियाँ शरणार्थीलाई प्रहरीले पक्राउ गरेको छ। चिनियाँ भिसा काउन्सलर कार्यालय हात्तिसार अगाडि चीन विरुद्ध प्रदर्शनमा उत्रेका ६० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्।चीनले तिब्बतलाई गाभेपछि भागेका तिब्बती शरणार्थीहरुले चीन र तिब्बतका विशेष दिन पारेर प्रदर्शन गर्दै आएका छन्। नेपालले भने छिमेकी मुलुकप्रति नेपालमा प्रदर्शन हुन नदिने भन्दै त्यस्ता प्रदर्शनमा रोक लगाउँदै आएको छ।

No comments: