News

Oct 9, 2009

सन् २००९ को नोबेल शान्ति पुरस्कार बारक ओबामालाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०९ अक्टोबर, २००९–विश्वको सर्वाधिक सम्मानित नोवेल शान्ति पुरस्कार यस वर्ष अमेरिकी राष्ट्रपति बारक ओवामालाई दिइने निर्णय गरिएको छ ।अन्तरराष्ट्रिय कुटनीतिक तथा मानिसहरुबीचको सहकार्य अभिबृद्धिका लागि अतुलनात्मक योगदन गरेवापत ओवामालाई उक्त पुरस्कार दिइएको नोवेल कमिटिले जनाएको छ ।कमिटीले ओवामाले अन्तरराष्ट्रिय निकायहरुबीचको सहकार्य अभिबृद्धि तथा न्यूक्लियर न्यूनिकरणमा गरेको योगदानलाई महत्व दिएको एजेन्सीहरुले जनाएका छन् । यस वर्ष नोवेल शान्ति पुरस्कारका जिम्वावेका प्रधानमन्त्री तथा चीनिया राष्ट्रपतिसहित २ सय ५ जना व्यक्तिहरु मनोनयनमा परेका थिए । पाँच जनाको कमिटीले छानेका पुरस्कार विजेताले सुनको तक्मा तथा करिव १० करोड रुपैया -१० मिलियन स्वीडिस क्रोनर प्राप्त गर्छन् ।

No comments: