News

Oct 6, 2009

दुइ सभासद मातृका यादव र जगत यादवको सभासद पद खारेज हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०६अक्टोबर,२००९, एकीकृत माओवादीबाट संविधानसभा चुनाव जितेका दुइ सभासद मातृका यादव र जगत यादवको सभासद पद खारेज हुने भएको छ । संविधानसभा कार्यव्यवस्था परामर्श समितिले सभासद पम्फा भुषालको संयोजकत्वमा गठन गरेको छानविन उपसमितिले मातृका यादवले पुनर्गठित भन्ने गरेको नेकपा माओवादी पार्टी निर्वाचन आयोगमा दर्ता नरहेको भन्दै उनीहरुको सभासद पद खारेज गर्नुपर्ने निष्कर्षसहित आज संविधानसभा अध्यक्ष सुभाष नेम्वाङसमक्ष प्रतिवेदन बुझाएको छ । छानविन समितिमा सभासद पुष्पा भुषाल, यमलाल कँडेल, सरिता गिरी, बृजेशकुमार गुप्ता र लोकनारायण ढकाल सद्स्य रहेका थिए । एकीकृत माओवादीले मातृका यादव र जगत यादवले पार्टी परित्याग गरेको भन्दै उनीहरुको सभासद पद खारेज थर्न माग गर्दै आएको छ ।

No comments: