लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ब्युनर्सआयर्स, असोज २१ गते । अर्जेन्टिनाका प्रशिक्षक तथा महान् फुटबल खेलाडी डिएगो म्याराडोनाले बुधबार पेरु र उरुग्वेविरुद्धको जित्नैपर्ने विश्वकप छनोट खेलपछि आफूले प्रशिक्षक पदबाट राजिनामा दिनसक्ने जानकारी दिएका छन् । ती छनोट खेलपछि म अर्जेन्टिना फुटबल सङ्घका अध्यक्ष जुलियो ग्रान्डोनासँग यस विषयमा छलफल गर्नेछु, जुलियोले प्रशिक्षकको प्रस्ताव राख्दा म निकै खुसी भएको थिएँ तर त्यसपछि केही घटना भए जुन मलाई मन परेको छैन -म्याराडोनाले बताए । गतवर्षको नोभेम्बरमा हिनामा प्रशिक्षकमा नियुक्त भएका म्याराडोना हाल निकै दबाबमा छन् । हालै अर्जेन्टिनाले विश्वकप छनोटअन्तर्गत ब्राजिल र पाराग्वेविरुद्ध लगातार दुई खेल हारेको छ । अर्जेन्टिना अङ्क तालिकामा अहिले पाँचौँ स्थानमा रहेको छ । दक्षिण अपिmकामा हुने विश्वकपमा दक्षिण अमेरिकी समूहबाट शीर्ष चार स्थानमा रहने टिम स्वतः चयन हुनेछन् भने पाँचौँ स्थानमा रहने टिमले प्लेअफ खेल्नुपर्ने नियम छ । सन् १९७८ र १९८६ मा विश्वकप जित्ने अर्जेन्टिना सन् १९७० मा विश्वकपमा चयन हुन असफल भएको थियो । पछिल्ला पाँच खेलमध्ये चारमा अर्जेन्टिना पराजित भएपछि म्याराडोनाको मनोबल अहिले गिरेको छ । विश्वकप छनेाटमा बोलिभियाले अर्जेन्टिनालाई नराम्ररी ६-१ ले हराएको थियो ।

No comments:
Post a Comment