लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक दोस्रो साता बीरगञ्जमा तय गरिएको महासमितिको बैठकबारे छलफल गर्न बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुबीच तीब्र विवाद देखिएको छ । बैठकमा बोल्ने अधिंकाशं सदस्यहरुले तोकिएकै समयमा महासमितिको बैठक गर्नु पर्ने अडान राखेपछि नेताहरुबीच केही समय चर्काचर्की समेत भएको थियो । नेताहरुबीच विवाद बढेपछि बैठकले साझा प्रस्ताव तय गर्न पार्टीका तीन जना वरिष्ठ नेताहरु सुशिल कोइराला, शेरबहादुर देउबा र रामचन्द्र पौडेललाई जिम्मा दिएको छ ।महासमिति बैठक निर्धारित समयमा गर्ने या नगर्ने भन्ने बिषयमा पार्टीभित्र मतभेद कायम रहेको अवस्थामा महासमिति बैठकबारे ठोस निर्णय गर्न आज पार्टी मुख्यालय, सानेपामा केन्द्रीय समितिको बैठक डाकिएको हो । यही कात्तिक १५ देखि १७ गतेसम्म बीरगञ्जमा डाकिएको महासमिति बैठक रोक्नका लागि पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले दबाब दिएपछि बैठक अन्यौलमा परेको थियो ।
कोइरालाले हिजो आफ्नै निवास, महाराजगञ्जमा पार्टी केन्द्रीय कार्यसमितिको अनौपचारिक बैठकमा महासमितिको बैठक रोक्न केन्दीय सदस्यहरुलाई पुनः आग्रह गर्नुभएको थियो । तर अधिकांश केन्द्रीय सदस्यहरुले महासमिति बैठक रोक्ने कोइरालाको प्रस्तावप्रंति आपत्ति जनाएपछि सभापति कोइराला विवाद नहुने भए महासमिति बैठक निर्धारित समयमा नै गर्न सहमत भएको बैठकमा सहभागी केही काँग्रेस नेताहरुले बताएका छन् । बैठकमा उपसभापतिद्वय रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, महामन्त्री बिमलेन्द्र निधि, सहमहामन्त्री अर्जुननरसिंह केसी, नरहरि आचार्यले विधान संशोधन गर्न तथा राज्यको पुनर्संरचना र शासकीय स्वरुप सम्बन्धमा नीतिगत निर्णय गर्न महासमिति बैठक अत्यावश्यक रहेको स्पष्ट पार्नुभएको थियो । आजदेखि शुरु पार्टी केन्द्रीय समितिको बैठकले विधान संशोधन र राजनीतिक प्रस्ताव तयार पार्ने काम गर्ने नेपाली काँग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

No comments:
Post a Comment