लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी, असोज २० आदिवासी/जनजातिमा सुचीकृत गरिनुपर्ने माग राखेर आन्दोलनरत खस क्षेत्री एकता समाजले नयाँ आन्दोलनको निर्णय गर्न असोज २४ गते इटहरीमा पूर्णञ्चल क्षेत्रीय भेला गर्ने भएको छ। 'आन्दोलनको पूर्व तयारीको संकेतको रुपमा भेला गरिन लागेको हो,' सोमवार इटहरीमा खस क्षेत्री एकता समाजले गरेको पत्रकार सम्मेलनमा समाजका केन्द्रीय अध्यक्ष युवराज कार्कीले भने, 'भेलाले आन्दोलनको नयाँ स्वरुप तय गर्ने छ।' कार्कीले भावी सन्नतीले दुख नपाउने ढंगले निर्णयक आन्दोलन गर्ने बताए। 'प्रजातन्त्रिक मूल्य-मान्यतालाई अंगिकार गरेर भेलाले आन्दोलनको नयाँ कार्याक्रम ल्याउनेछ,'उनले भने, 'शान्तिपुर्ण ढंगले आन्दोलन गर्दा सरकारले वेवस्ता गरेकोले अव दवावमुलक आन्दोलनका कार्याक्रम तय गरिनेछ।' झण्डै ६० हजारको हाराहारीमा रहेको क्षेत्रलाई आदिवासी/जनजातिमा सुचीकृत गरेर राज्यको हरेक निकायमा प्रतिनिधीत्व नगराएसम्म आन्दोलन नरोकिने कार्कीले बताए। संविधान सभामा प्रतिनिधीत्व गरेका ६२ जना सभासदलाई समेत आफनो माग पुरा गर्न ध्यानाकर्षण गराई सकेको उनले बताए। भेलामा झापा, मोरङ् र सुनसरीबाट सवै गाबिसका प्रतिनिधी र पुर्वी पहाडी जिल्लावाट छनौट गरिएका प्रतिनिधीहरुको भेलामा सहभागीता रहने जनाइएको छ।
No comments:
Post a Comment