लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०७ अक्टोबर, २००९,मन्त्रीपरिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री माधवकुमार नेपाल सहित केही मन्त्रीहरु राजधानीको चक्रपथ भ्रमणमा निस्केका छन्।जनतासँग प्रत्यक्ष सरोकारका विषयमा छलफल गर्ने भन्दै प्रधानमन्त्री नेपाल पर्यटक बस चढेर मन्त्रीहरुसँगै सिंहदरबारबाट ४:३० बजे बाहिरिएका थिए।प्रधानमन्त्री र मन्त्रीहरु आफ्ना सुरक्षाकर्मीलाई सिंहदरबारमै छोडेर उपत्यकाको अवलोकनका लागि निस्केका हुन्। प्रधानमन्त्री चढेको पर्यटक बसलाई नेपाल प्रहरीका दुई भ्यानले स्कर्टिङ गरेका छन्।राजधानीको फोहोर, सडक र ट्राफिक जामसहितका समस्या मन्त्रीहरुलाई प्रत्यक्ष जानकारी गराउन भ्रमणमा निस्केको प्रधानमन्त्री नेपालले जानकारी दिए । जनताको प्रत्यक्ष सरोकार राख्ने विषयमा प्रधानमन्त्री भ्रमणमा निस्केको सायदै यो पहिलो घटना हो ।
No comments:
Post a Comment