लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नोबेल पुरस्कार सबभन्दा प्रतिष्ठित पुरस्कार हो । १२ लाख डलरभन्दा बढी धनराशिको यो पुरस्कार शान्ति, साहित्य, भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र र अर्थशास्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई वर्षेनी प्रदान गरिन्छ । यस गरिमामय पुरस्कारलाई व्यंग्य गर्न सन् १९९१ देखि सुरु गरियो- इग नोबेल पुरस्कार । इग नोबेल पुरस्कारको उद्देश्य प्रतिभाशाली मानिसका यस्ता नयाँ आविस्कार एवं अनुसन्धानलाई सम्मान गर्नु हो, जो सुरुमा हाँस उठ्दा या उरन्ठेउला लाग्छन् । तर पछि तिनले मानिसलाई सोच्न बाध्य पार्छन् । नोबेल पुरस्कारका अगाडि 'इग' जोड्दै यस पुरस्कारको भावार्थ अभद्र (इग्नोबल) जस्तो बनाएर नोबेल पुरस्कारको अपमान गरेका ठान्नेहरू पनि छन् । तथापि इग नोबेल पुरस्कारको लोकपि्रयता वर्षेनी बढ्दै गइरहेको छ । इग नोबेल पुरस्कार विजेतालाई नोबल पुरस्कार विजेताले पुरस्कार प्रदान गर्छन् । यस वर्षको इग नोबल पुरस्कार आपतकालीन अवस्थामा ग्यास मास्कको रूपमा प्रयोग गर्न मिल्ने ब्राका आविस्कारक, गाईलाई नाम राखेमा धेरै दूध दिने तथ्य पत्ता लगाउने अनुसन्धाता आदिलाई प्रदान गरिएको छ । इग नोबेल विजेताहरूका योगदान तथा आविस्कार निकै रोचक छन् । यस वर्षको इग नोबेल शान्ति पुरस्कार स्विस अनुसन्धान समूहले पाएको छ । टाउकोमा खाली बोतलले हिर्काउँदा ठीक हुन्छ कि भरिएको बोतलले हिर्काउँदा ठीक हुन्छ भन्ने विषयमा अनुसन्धान गरेबापत उनीहरूलाई यो पुरस्कार दिइएको हो । ब्रिटेनको न्युक्यासल विश्वविद्यालयका कृषि, खाद्य र ग्रामीण विकास विभागका डा. क्याथरिन डग्लस र पिटर रोलिन्सनले पनि यस वर्षको इग नोबल पुरस्कार हात पारे । उनीहरूले नाम दिइएका गाईले बढी दूध दिन्छन् भन्ने पत्ता लगाएका थिए । इग नोबल पुरस्कार पाएकोमा डग्लसले खुसी व्यक्त गरेकी छिन् । आफू इग नोबेल पुरस्कारको फ्यान भएको पनि उनले बताइन् । 'हाम्रो अनुसन्धानको मुख्य लक्ष्य मानिस-जनावरको सम्बन्ध सुधारेर जनावरमा डर र चिन्ता कम गर्नु थियो,' डग्लस भन्छिन्, 'हामीले अनुसन्धानका क्रममा बि्रटेनका अधिकांश किसानले आफ्ना गाईलाई माया गर्ने गरेको पायौँ ।' डग्लसले आफूले पाएको इग नोबेल पुरस्कार पर्सल्येन, बिन्डी र टिना नाम गरेका गाईलाई समपर्ण गरेकी छिन् । डा. इलेना बोडनारले सार्वजनिक स्वास्थ्य विधामा इग नोबल पुरस्कार हात पारिन् । उनले आकस्मिक समयमा मास्कका रूपमा प्रयोग गर्न सकिने ब्रा आविस्कार गरेकी थिइन् । अमेरिकाको हवार्ड विश्वविद्यालयमा भएको पुरस्कार वितरण समारोहमा उनले पुरस्कार वितरण गर्न आएका नोबल पुरस्कार विजेतालाई एक-एकवटा मास्कका रूपमा प्रयोग गर्न मिल्ने ब्रा उपहार दिइन् । इग नोबेल पुरस्कारका विजेतालाई एक मिनेट बोल्ने समय दिइएको थियो ।

सन् २००९का इग नोबेल पुरस्कार विजेताहरू :
पशुचिकित्सा : न्युक्यासल विश्वविद्यालयका डा. क्याथरिन डग्लस र पिटर रोलिन्सनलाई यस वर्षको पशुचिकित्सातर्फको इग नोबेल पुरस्कार दिइयो । उनीहरूले गाईलाई पनि मानिसलाईझैं नाम दिइएमा उनीहरूले बढी दूध दिने पत्ता लगाएका थिए ।
शान्ति : स्विट्जरल्यान्डको वर्न विश्वविद्यालयका स्टेफान बोलिंगर, स्टेफेन रोस, लार्स ओयर्सटरहेलवेग, मिसेल थाली आदिको टोलीले बियरको खाली बोतल र भरिएको बोतलमध्ये कुन चाहिँले टाउकोमा हिर्काउँदा ठीक भन्ने विषयमा अनुसन्धान गरेबापत इग नोबेल शान्ति पुरस्कार पाएको थियो ।
जीव विज्ञान : जापानको कितासातो विश्वविद्यालयका फुमिकी तागुची, सङ गुफु र झाङ गुयानग्लीलाई यस वर्षको जीव विज्ञानतर्फको इग नोबेल पुरस्कार दिइयो । उनीहरूले ठूला पान्डाको दिसा प्रयोग गरेर भान्साबाट निस्कने फोहोर ९० प्रतिशत घटाउन सकिने अनुसन्धान गरेका थिए ।
चिकित्सा : क्यालिफोर्नियाका डोनाल्ड एलले आँलामा अर्थराइटिस् हुने कारणबारे अनुसन्धान गरेबापत चिकित्सातर्फको इग नोबेल पुरस्कार पाए । उनले वर्षँसम्म आफ्ना बायाँ हातका औंलाका गाँठां लगातार फुटाएर अनुसन्धान गरेका थिए ।
अर्थशास्त्र : सानो बैंक छिट्टै ठूलो या संमृद्ध हुन सक्छ र ठूलो बैंक नाटकीय ढंगले सानो हुन सक्छ भन्ने प्रयोग गरेर देखाएबापत आइसल्यान्डका चार भिन्नाभिन्नै बैंकका निर्देेशक, कार्यकारी प्रमुख र अडिटरले यस वर्षको इग नोबेल पुरस्कार पाए ।
भौतिकशास्त्र : क्याथरिन के हि्वटकम, ड्यानियल इ लिइवरम्यान र लिजा जे सापिरोलाई गर्भवती महिलाका पेटको ढल्काइसम्बन्धमा अनुसन्धान गरेबापत भौतिकशास्त्रको इग नोबेल पुरस्कार दिइयो ।
रसायनशास्त्र : मेक्सिकोका जेभियर मोरालेस, म्याग्युल अपातिका र भिक्टर एम कास्टानोलाई त्यहाँको कडाखालको रक्सीबाट हीरा बनाएबापत इग नोबेल पुरस्कार प्रदान गरियो ।
साहित्य : साहित्यतर्फको इग नोबेल यस वर्ष आयरल्यान्डको प्रहरी सेवालाई प्रदान गरिएको छ । लगातार ट्राफिक नियम उल्लंखन गर्ने व्यक्तिलाई ५० वटाभन्दा बढी ट्राफिक टिकट प्रदान गरेको र चेतावनी पत्र पठाएकोमा यो पुरस्कार दिइएको हो ।
सार्वजनिक स्वास्थ्य : आपतकालीन अवस्थामा ग्यास मास्कमा परिणत गर्न सकिने ब्रा बनाएकोमा डा. इलेना बोडनार, राफेल सी ली र सान्द्रा मारिजानलाई सार्वजनिक स्वास्थ्यतर्फको इग नोबेल प्रदान गरियो ।
गणित : यो पुरस्कार जिम्बाबेको रिजर्भ बैंकलाई प्रदान गरिएको छ । एक सेन्टदेखि खरब दरका नोट निकालेकोमा यस वर्षको गणिततर्फको इग नोबेल पुरस्कार यस बैंकलाई दिइएको हो ।

No comments:
Post a Comment