News

Oct 6, 2009

नरबहादुर राइले कीर्तिमान भङ्ग गर्दै दुई स्वर्ण पदक जिते

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
असोज २० नरबहादुर राइले हङकङमा सम्पन्न आठौँ वेन्चप्रेस प्रतियोसिगतामा आफ्नै कीर्तिमान भङ्ग गर्दै दुई स्वर्ण पदक जितेका छन्। हङ्गकङ्ग वेटलिफि्टङ्ग एसोसिएसनको आयोजनामा प्रिन्स एडवर्ड बोन्ड्री स्पोर्ट्स सेन्टरमा सम्पन्न प्रतियोगितामा त्यहाँ वसोवास गर्दै आएका नेपाली खेलाडी राइले १ सय ३० किलो तौल उठाएर नयाँ कीर्तिमान सहित जित हासिल गरेका थिए। यस अघि गत वर्ष उनले तयार पारेको कीर्तिमान १ सय २२ केजीको थियो।त्यस्तै प्रतियोगिता अन्तरगत २५ देखि ४३ वर्षका खेलाडी विच भएको मास्टर्स वन समूहमा पनि पहिलो स्थान हासिल गरेको हङकङबाट विनय शाहले जनाएका छन्।

No comments: