लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०४ अक्टोबर, २००९, सर्लाही –नेकपा माओवादीका अध्यक्ष मातृका यादबले क्रान्ति सफल बनाउन सेना निर्माण प्रक्रिया शुरु गरेको बताएका छन् । उनले सेना बिना क्रान्ति सफल नहुने बैज्ञानिक चिन्तनलाई स्वीकार्दै पार्टीले सेना निर्माण सुरु गरेको बताएका हुन् । पार्टी संगठनका लागि आज सर्लाही सदरमुकाम मलंगवा आइपुगेका यादबले पत्रकार सम्मेलनमा हाल सम्म पार्टीसंग हतियार नभएको दावी समेत गरेका छन् । तत्काल हतियार बिनाका सेना हुने र राज्यले दमन गरे जनतासंग रहेका साथै राज्यकै हतियार खोसेर प्रतिकार गरिने यादबले बताए । पार्टीले सशस्त्र आन्दोलनको तयारीका लागि झिकाएको हतियार भारतमा समातिएको भन्ने प्रचार झुठा भएको उनले दाबी गरे । हाल बैचारीक रुपमा मात्र सशस्त्र सेना गठन हुने उनले बताए । उनले तिहार लगत्तै प्रचारात्मक भएपनि आन्दोलन सुरु गरिने बताउँदै संगठनको काम अधुरो रहेकोले आन्दोलन अघि बढाउन ढिलाई भएको छ । संयुक्त मोर्चा निर्माणका लागि तराईमा सशस्त्र आन्दोलन गरिरहेका गोइतसंग तीनचोटी फोन वार्ता भएको उनले जानकारी दिए ।
No comments:
Post a Comment