लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तत्कालिन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा मुख्य सचिव बनेका लोकमानसिंह कार्कीको पुरानो बानेश्वर स्थित नीजि निवासमा नेपाली काग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओबादी अध्यक्ष प्रचण्डवीच आज गोप्य भेटवार्ता भएको छ । उहाँहरुवीच भएको गोप्य भेटवार्ताको पुष्टि नभए पनि सामान्य कुराकानी भएको कोइराला निकट स्रोतले जानकारी दिएको छ ।भेटवार्ताकालागि कोइराला र प्रचण्ड अपरान्ह एमालेको चियापान कार्यक्रममा सहभागि भई चारबजे पछि कार्कीको निवास पुगेका थिए । स्रोतका अनुसार कार्कीको घरमा लगाईएको पुजाको प्रसाद लिने बहानामा कोइराला र प्रचण्ड विच भेटवार्ता भएको हो। नेता द्वयबीच झण्डै एकघण्टा गोप्य भेटवार्ता भएको स्रोतले बताएको छ । नेताहरुबीच राष्ट्रिय सहमतिको कुरा भइरहँदा कोइराला र प्रचण्डको यो गोप्य वार्ताले थप आशंका जन्माएको छ ।यद्यपी कोइराला निकट स्रोतले भने समसामयिक राजनीतिक गतिरोध अन्त्यका विषयमा दुई शिर्षनेताहरुविच छलफल भएको बताएको छ ।
No comments:
Post a Comment