News

Oct 4, 2009

हनिमुनका लागि विश्व भ्रमणमा निस्केका जोडी २ वर्षे छोरीका साथ घर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लण्डन, असोज १७ मधुमास (हनिमुन)का लागि विश्व भ्रमणमा निस्केका डेनोभको एक जोडी २ वर्षे छोरीका साथ घर फर्केको छ। सन् २००५ मे महिनामा लगन गाँठो कस्ने वित्तिकै डेभ र हाजेल म्याककाबे ५० फिटको डुंगामा मधुमासका लागि विश्वभ्रमणमा निस्केका थिए। केनरी द्वीप र एजिरेज भएर आन्ध्र महासागर पार गर्नुअघि दुबैले युरोप र उत्तर अफ्रिकाको तटीय क्षेत्रको भ्रमण गरेका थिए। क्यारेबियन आसपास र अमेरिकाको पूर्वी तट पुगेर उनीहरूले १४ हजार माइल यात्रा पूरा गरेका थिए। उनीहरूको महत्वकांक्षी मधुमास यात्राकै क्रममा ३७ वर्षीया श्रीमती म्याककाबे गर्भवती भइन् र पहिलो सन्तान जन्माइन्। अहिले जोडी परिवारको नयाँ सदस्यका साथ डेभोनको टमशामस्थित घर फर्किएको छ र डुंगा बनाउने व्यापार सुरु गर्ने भएको छ। डुंगाका पूर्व चालक श्रीमान म्याककाबेले भने, 'हामीले १४ हजार माइल यात्रा गर्‍यौं। यो आफैमा एउटा रमाइलो अनुभव हो। अब हामीले कडा मेहनतका साथ केही काम गर्नु पर्छ।'श्रीमती म्याककाबे बच्चा जन्माउन सन् २००७ मा क्यारेबियनको सेन्ट मार्टिनबाट बिमान चढेर बेलायत फर्केकी थिइन्। सन्तान जन्माएपछि उनले पुनः यात्रा सुरु गरेकी थिइन्। उनले भनिन्, 'छोरी निकै सक्रिय छ र यात्रामा रहेका बेला जन्मनु निकै रमाइलो पनि हो।'

No comments: