लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकाले सन् २०११ को डाइभरसिटी भिसा (डीभी) का लागि शुक्रबारदेखि आवेदन खुल्ला गरेको छ। नेपालस्थित अमेरिकी दूतावासद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा सो जानकारी दिइएको हो। डीभी चिट्ठाको अनलाइन आवेदन प्रक्रिया शुक्रबार शुरू भई डिसेम्बर २ अर्थात् कार्तिक १६ गते सकिने दूतावासले जनाएको छ। त्यसैगरी सन् २०१० का विजेताहरूको अन्तर्वार्ता लिने क्रम भने यही कार्त्तिक ५ गतेबाट शुरू हुने भएको छ। दूतावासले भिसा आवेदन दिनुअघि डिभीबारे राम्ररी बुझेर मात्रै आवेदन दिन सबैलाई आग्रह गरेको छ। डीभी कार्यक्रम संयुक्त राज्य अमेरिकामा जातीय विविधता बढाउनका निम्ति ल्याइएको कार्यक्रम हो। चिट्ठामा सहभागी हुन चाहनेहरूले तोकिएको मितिभित्र दरखास्त दिनुपर्ने र त्यसका लागि कुनै शुल्क नलाग्ने जनाइएको छ। डीभी-२०११ अन्तर्गत विभिन्न मुलुकबाट ५० हजार मानिसलाई स्थायी बसोबासका लागि भिसा दिने अमेरिकी विदेश मन्त्रालयको योजना रहेको अमेरिकी दूतावासले जनाएको छ।
No comments:
Post a Comment