लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १७ एकीकृत नेकपा माओवादीले नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर तयार पारेको साझा सकल्प प्रस्तावमा समर्थन नगर्ने निर्णय गरेको छ। माओवादी स्थायी कमिटी शनिबार बसेको बैठकले ती दुई दलले पेश गरेको संकल्प प्रस्तावको मस्यौदाले समस्या समाधान नहुने निष्कर्ष निकालेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए। बैठकले पूर्व प्रधान सेनापति रुक्माङ्द कटवाललाई थमौति गर्ने राष्ट्रपतिको कदम सम्बन्धमा मस्यौदामा ठोस प्रस्ताव नआएको भन्दै अस्विकार गर्ने निर्णय गरेको हो ।
यसअगाडि शनिबार बिहान प्रमुख तीन दल सम्मिलित बैठकमा पनि माओवादीले कांग्रेस र एमालेले तयार पारेको प्रस्ताव अस्वीकार गरेको थियो। माओवादी स्थायी कमिटीमा संसदमा लाने साझा संकल्प प्रस्तावका लागि अब शीर्षस्थ नेताहरुको तहबाट पहल हुनुपर्नेमा नेताहरुले जोड दिएका थिए। माओवादीले संकल्प प्रस्तावमा राष्ट्रपतिको कदम नागरिक सर्वोच्चताको विरुद्धमा रहेको वाक्यांस उल्लेख गर्नुपर्ने माग गरेको छ। तर नेपाली कांग्रेस र एमालले तयार पारेको मस्यौदाको राष्ट्रपतिको कदमको पक्ष र विपक्षमा उठेका बहसहरुबारे मात्र उल्लेख गरिएको छ। त्यसालाई नागरिक सर्वोच्चता विरोधी भनेर किटानी गरिएको छैन। मस्यौदामा नागरिक सर्वोच्चताको पक्षमा संसद रहेको र कार्यकारी अधिकारी प्रधानमन्त्रीमा रहेको भने उल्लेख गरिएको छ।

No comments:
Post a Comment