News

Oct 3, 2009

सन् २०१६ को ओलम्पिक ब्राजिलमा आयोजना हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोपेनहेगन- सन् २०१६ को ओलम्पिक दक्षिण अमेरिकी राष्ट्र ब्राजिलको रियो दि जेनेरियोमा आयोजना हुने तय भएको छ। कोपेनहेगनको बेला सेन्टरमा आयोजना भएको अन्तर्राष्ट्रिय औलम्पिक कमिटीको १ सय २१ औं महासभामा शुक्रवार आफुभन्दा निकै बलियो प्रतिस्पर्धी मानिएका अमैरिकाको सिकागो , जापानको टोकियो र फ्रान्सको म्याड्रिडजस्ता ख्यातीप्राप्त शहरहरुलाई पछि पार्नै क्रममा दक्षिण अमैरिकी देशले पहिलो पल्ट विश्व खेलकुदकै प्रतिष्ठित प्रतियोगिता आयोजना गर्ने सुअवसर प्राप्त गरैको हो।
अमेरिकी राष्ट्रपति बराक ओबामालगायत विश्वका शक्तिशाली नेताहरुले लबिङ गरेको अमेरिकाको शिकागो शहर पहिलो चरणको मतदानबाटै बाहिरिएको थियो। त्यसपछि दोस्रो चरणमा जापानको टोकियो शहर प्रतिस्पर्धाबाट बाहिरिन पुग्यौ। रियो दि जेनेरियोका लागि अन्तिमसम्म चुनौती बनेको थियो, म्याड्रिड।
रियो दि जेनेरियो सन् २०१६ ओलम्पिकको आयोजक राष्ट्रको रुपमा घोषणा भएपछि राती नै ब्राजिलमा स्थानीय समर्थकहरु खुसीयाली मनाउन बाटौमा ओर्लिएका छन्।रियो दि जेनेरियोको ओलम्पिक अभियानमा निकै सक्रिय देखिएका महान फुटबल खेलाडी पेलेले अन्तत राहत महसुस गरे। यसअघि ओलम्पिक प्रतियोगिताको आयोजना युरोप, एसिया र उत्तर अमेरिकी राष्ट्रहरुले धेरै पल्ट आयोजना गरिसकेका थिए।

No comments: