News

Oct 4, 2009

माओवादीले समानान्तर सरकारको झझल्को दिने गरी १८ विभाग गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत माओवादीले समानान्तर सरकारको झझल्को दिने गरी विभिन्न १८ वटा विभाग गठन गर्नुका साथै ती विभागका प्रमुख तोकेको छ । पार्टी मुख्यालय, पेरिसडाँडा कोटेश्वरमा बसेको पार्टी स्थायी समितिको बैठकले उक्त निर्णय गरेको हो । आफ्ना मागहरु सम्बोधन नभए तिहारपछि सशक्त आन्दोलनमा उत्रिने निर्णय पनि माओवादीले गरेको छ । बैठकले सहमतिका लागि लचकताका साथ प्रस्तुत हुँदा पनि आफ्ना माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने निर्णय गरेको माओवादीस्रोतले जनाएको छ । स्रोतका अनुसार बैठकले पार्टीको आचारसंहिता प्रभावकारी ढङ्गले कार्यान्वयन भईरहेको निष्कर्षनिकाल्दै एक साताभित्र पोलिटब्यूरो सदस्यहरुलाई गाडी पार्टी मुख्यालयमा बुझाउन निर्देशन दिएको छ । बैठकले आगामी महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन बनाउने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको भने विधान मस्यौदा निर्माणको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष मोहन बैद्यलाई दिएको छ ।

No comments: